Wednesday, August 19, 2015

नमस्ते प्रीपेड मा data package

काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सार्वजनिक गरेको छ । टेलिकमको नयाँ प्याकेज मंगलबारबाट लागू हुनेछ । 
 
टेलिकमले सार्वजनिक गरेको नयाँ प्याकेजलाई ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीनवटामा वर्गीकरण गरिएको छ । 
 
ब्रोञ्ज प्याक अनुसार एक महिनाका लागि दुईसय एमबी डाटा एकसय ३० रुपैयाँमा पाइने छ भने पाँचसय एमबी डाटा तीनसय रुपैयाँमा पाइने छ । 

यस्तै सिल्भर प्याक अनुसार एक जिबी डाटा पाँचसय रुपैयाँमा महिनाभरमा चलाउन सकिन्छ । यो योजना अनुसार तीन जिबी डाटा एकहजार दुईसय ९० रुपैयाँमा दुई महिना चलाउन सकिने टेलिकमले जनाएको छ । 
 
टेलिकमको गोल्ड प्याक अनुसार पाँच जिबी डाटा १८ सयमा तीन महिना चलाउन सकिन्छ भने १० जिबी डाटा २८ सयमा ६ महिना चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ । 
 
यो सुविधा लिनका लागि चाहेको भोल्यूम उल्लेख गरी १४१५ मा एसएमस पठाउनु पर्ने टेलिकमले जनाएको छ । प्रयोग गरेको डाटा भोल्यूम थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्ने टेलिकमले जनाएको छ । टेलिकमले २७ पैसा भन्दा कममा एक एमबी डाटा चलाउन सकिने जनाएको छ ।

Friday, May 15, 2015

               Ncell द्द्वारा राजस्व ठग्ने प्रयास 

       
नेपाल लगायत विस्वका विभिन्न देशहरुमा टेलिफोन सेवा दिईरहेको मोबाइल सेवा प्रदायक Ncell ले देशमा भूकम्प जस्तो महाविपत्ति आयको मौका छोपी chin ले नेपालका लागि पठाएको राहत सामंग्री संगसंगै  आफ्ना टेलिफोन उपकरणहरुमा पनि रेडक्रसको लोगो टाँसेर राजस्व छल्ने प्रयास गरेको तथ्य फेला परेको छ |