Tuesday, December 23, 2014

भीरबाट बस खस्दा ११ यात्रु घाइते (तस्बिरसहित )

ललितबहादुर बुढा |२०७१ पौष ९ बुधवार
 436
 4
 
फोटो :ललितबहादुर बुढा (भीरमा खसेको बस हेर्दै सशस्त्र प्रहरीको टोली)
सुर्खेतः सुर्खेतमा मंगलवार राती यात्रुबाहक बस भीरबाट खस्दा ११ जना घाइते भएका छन्। बाँकेको नेपालगञ्जबाट जुम्ला जाँदै गरेको मध्यपश्चिम यातायात व्यवसायी समितिको भे १ ख १३७० नम्वरको यात्रु बस कर्णाली राजमार्ग अन्तर्गत बाङ्गेसिमल नजिक दुर्घटनामा परेको हो।
 
राति १२ बजे बस सुर्खेत सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल नजिकैको भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार बस सडकबाट करिव ३५ मिटर तल खसेको छ। घाइते भएका ११ जनाको राति नै उद्धार गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा भर्ना गरिएको छ। 
सडकबाट खसेर भीरमा पुगेको बस 
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । बसका चालक फरार रहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेशकुमार लाल कर्णले बताए । कर्णका अनुसार सकुशल रहेका यात्रुहरुलाई राति नै जुम्ला पठाइएको छ । 
 
पछिल्लो एक महिना यता मध्यपश्चिम यातायात व्यवसायी समितिकै तीन वटा बस दुर्घटनामा परेका छन् । तीनवटा दुर्घटनामा गरेर ७० जनाको मृत्यु भएको छ भने करिव सय बढी नागरीक घाइते भएका छन्। 
दुर्घटनामा परेको बस
बारम्वार मध्यपश्चिम समितिकै बस दुर्घटनामा पर्न थालेपछि यात्रुहरुमा त्रास उत्पन्न भएको छ । प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि कडाई गरिरहँदा दुर्घटनाको क्रम पनि रोकिएको छैन । 
 
एक महिना पहिला जाजरकोटको भरचौरबाट मध्यपश्चिम समितिकै गाडी भेरी नदिमा खस्दा ५२ जना र मंसिर २१ गते सुर्खेतको पोखरीकाँडामा सोही समितिकै बस भिरबाट खस्दा १८ जनाले ज्यान गुमाएका थिए । 

Friday, November 28, 2014

सन्नीसँग काम गर्न ‘चार करोड’

November 27th, 2014 
सन्नीसँग काम गर्न ‘चार करोड’
मनोरन्जन
0
एजेन्सी । पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीको भाउ अहिले आकासिएको छ । बलिउड चलचित्र होस या छोटो पर्दा जताततै उनको डिमान्ड बढ्न थालेको हो ।
डिमान्ससँगै उनले आफ्नो भाउ पनि निकै बढाएकी हुन् । हालै रियालिटी सो ‘रोडिज’का लागि उनलाई अफर आएको थियो । तर, उनले आफ्नो सहभागिताका लागि अत्याधिक रकम डिमान्ड गरेको समाचारमा जनाइएको छ । उनको डिमान्ड देखेर रियालटी सोका प्रोडूसर पनि छक्क परे ।
कार्यक्रममा लागि निर्माताले उनलाई ७० लाख दिने विचार गरेका थिए । तर, उनले निर्माताको अफरमा चार करोडको डिमान्ड गरेकी थिइन् । उनको डिमान्डले निर्माता त्यसै फर्किएका छन् । सन्नीभन्दा अगाडि यही सीका लागि सोहा अली खान र गुल पनागसम्म पनि सम्पर्क गरिएको थियो । तर, उनको डिमान्ड पनि धेरै भएका कारण सन्नीलाई विकल्पको रूपमा छानिएको हो ।
sunny-leone-hot-photoshoot

Sunday, November 23, 2014

दूरसञ्चार पूर्वाधार सेयरिङ निर्देशिका आउँदै

  • सोमबार ८ मंसिर, २०७१


mynepal
 0  0 Google +0  0  0
(0 votes)
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण क्षेत्रमा दूरसञ्चारको पहुँच बढाउन पूर्वाधार सेयरिङसम्बन्धी निर्देशिका ल्याउने भएको छ। पूर्वाधार सेयरिङका लागि प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गर्नेछ।
प्राधिकरणले सार्वजनिक–निजी साझेदारी मोडलमा पूर्वाधार सेयरिङ कम्पनी स्थापना गर्न निर्देशिका ल्याउन लागेको हो। दूरसञ्चार सेवा प्रदायकले अप्टिकल फाइबर, केबल र टावर जस्ता पूर्वाधार संयुक्त रुपमा प्रयोग गर्न सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्रामीण क्षेत्रमा दूरसञ्चारको व्यावसायिक सम्भावना कम रहेकाले पूर्वाधारको संयुक्त प्रयोगमार्फत पहुँच बढाउन लागेको बताए। ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच बढाउनकै लागि ग्रामीण दूरसञ्चार विकास कोष बनेकाले त्यसको रकम प्रयोग गरेर निजी सेवा प्रदायक कम्पनीको सहभागितामा पूर्वाधार सेयरिङ कम्पनी स्थापना हुने उनले बताए। 'पहुँच बढाउने माध्यम भनेको सेवा प्रदायक कम्पनी नै हुन्। त्यसैले उनीहरुलाई सहभागी गराएर प्राधिकरणले सहयोग गर्छ,' उनले भने।
पूर्वाधार सेयरिङसम्बन्धी निर्देशिकाका लागि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गर्ने र त्यसका लागि अहिले सेवा र सर्त बनाउन लागेको उनले जानकारी दिए। पूर्वाधार सेयरिङ गर्दा कसले कसको लिएको, त्यसको शुल्क कति हुने भन्ने निर्देशिकामा नै आउने उनले बताए।
झाले यो आर्थिक वर्षभित्रै पूर्वाधार सेयरिङको काम सुरु हुने बताए। 'कुन ठाउँमा गर्ने भन्ने हाम्रो परामर्शदाताले छनोट गर्छ। तर विस्तृत अध्ययन सेवा प्रदायकले गर्नुपर्छ,' उनले भने।
'पूर्वाधार सेयरिङअन्तर्गत अप्टिकल फाइबरदेखि स्याटेलाइट, केबल र टावर सेयरिङ पर्छ,' उनले भने। अप्टिकल फाइबर नभएको ठाउँमा स्याटलाइट हुन्छ। स्याटलाइट अध्ययन गर्न मन्त्रालयले दुई लाख दिने तर त्यो पर्याप्त नहुने झाले बताए। यस विषयमा मन्त्रालयसँग कुरा भएको उनको भनाइ छ। 'यसमा हामी अगाडि बढेका छौं, उनले भने, 'नेपालले आफ्नै स्याटलाइट राख्ने कि अरुकोमा स्लट राख्ने भन्ने अध्ययन हुन्छ। तर बजेट बढाउनुपर्छ।'
कम्पनीहरुबीच पूर्वाधार बाँडेर प्रयोग गर्दा लागत कम हुन्छ। पुरानो कम्पनीले स्थापना गरेका पूर्वाधार नयाँ कम्पनीले प्रयोग गर्न पायो भने पनि लागत कम हुन्छ। नयाँ कम्पनीलाई टावर नभएका स्थानमा बनाउ भन्न सकिने र उसले पनि अरुलाई सेयरिङ गर्ने झाले बताए।
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा भएको रकम प्रयोग गर्न गत वैसाखमा परामर्शदाता कम्पनी नियुक्त गर्ने तयारी गरेको थियो। कोषमा अहिले करिब १० अर्ब रुपैयाँ जम्मा भएको छ।
प्राधिकरणले यसअघि सूचना तथा सञ्चार मन्त्रालयसमक्ष कोषमा रहेको रकम प्रयोग गरी दूरसञ्चार विकास पूर्वाधारमा लगानी गर्न अनुमति मागेको थियो। कोषको रकमबाट देशका सबै जिल्लामा अप्टिकल फाइबर विस्तारदेखि विद्यालय र ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्यााउने योजना थियो। अहिले धेरै जिल्लामा सेवा प्रदायकले नै अप्टिकल फाइबर पुर्यामइसकेका छन्।
प्राधिकरण स्थापना भएपछि आर्थिक वर्ष २०५४/०५५ देखि ग्रामीण दूरसञ्चार विकास कोषका लागि रकम लिँदै आएको छ। कोषमा सेवा प्रदायक कम्पनीले वार्षिक आम्दानीको २ प्रतिशत जम्मा गर्छन्।
कोÈमा जम्मा भएको रकमबाट प्राधिकरणले हालसम्म नेपाल दूरसञ्चार कम्पनीलाई २६ करोड रुपैया“ दिएको छ। कम्पनीलाई सो रकम सरकारी निर्णयअनुसार ग्रामीण क्षेत्रमा टेलिफोन सेवा सञ्चालनका लागि किनेको उपकरणबापत उपलब्ध गराएको थियो। प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटसँगको सहकार्यमा लमजुङको विभिन्न पा“च स्थानमा 'ग्रामीण सूचना केन्द्र' स्थापना गर्न ३० लाख रुपैयाँ लगानी गरेको थियो।

Thursday, November 20, 2014

सडक विस्तारले इन्टरनेट अवरुद्ध



काठमाडौ, मंसिर ३ - सार्कमा सडक विस्तार गर्ने क्रममा सरकारले जथाभावी इन्टरनेट, केबल टेलिभिजनको तार काटेको भन्दै इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ । एयरपोर्ट क्षेत्रमा मंगलबार तार काटिदिँदा केही बैंकका एटीएम, एयरपोर्टमा विभिन्न एयरलाइन्सको टिकटिङ अवरुद्ध भएको संघले जनाएको छ ।
'सार्कमा सडक सौन्दर्य कायम गर्न हामी सचेत छौं,' संघका अध्यक्ष विनय बोहोराले भने, 'सरकारले पहिल्यै जानकारी दिए तार व्यवस्थापन गर्न हामी तयार छौं ।'
उनले सरकारलाई सडक विस्तार गर्दा तार बिछ्याउन गरिएको आग्रह कुनै निकायले सुनुवाइ नगरेको बताए ।
सरकारले यसअघि माइतीघरदेखि तिनकुनेसम्म सडक विस्तार गर्दा इन्टरनेट/केबल टेलिभिजनको तार काटिने भएकाले हटाउन सरोकारबालालाई सूचना गरेको थियो । त्यसैअनुसार सम्बन्धित कम्पनीले आफ्नो तारको व्यवस्थापन गरेका थिए ।
एयरपोर्ट क्षेत्रमा तार काट्दा भायोनेट, सुबिसु, वल्र्डलिंक, वेबसर्फरलगायत कम्पनीको इन्टरनेट अवरुद्ध भएको संघका अध्यक्ष बोहोराले बताए ।

rajendra puri