सडक विस्तारले इन्टरनेट अवरुद्ध
काठमाडौ, मंसिर ३ - सार्कमा सडक विस्तार गर्ने क्रममा सरकारले जथाभावी इन्टरनेट, केबल टेलिभिजनको तार काटेको भन्दै इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ । एयरपोर्ट क्षेत्रमा मंगलबार तार काटिदिँदा केही बैंकका एटीएम, एयरपोर्टमा विभिन्न एयरलाइन्सको टिकटिङ अवरुद्ध भएको संघले जनाएको छ ।
'सार्कमा सडक सौन्दर्य कायम गर्न हामी सचेत छौं,' संघका अध्यक्ष विनय बोहोराले भने, 'सरकारले पहिल्यै जानकारी दिए तार व्यवस्थापन गर्न हामी तयार छौं ।'
उनले सरकारलाई सडक विस्तार गर्दा तार बिछ्याउन गरिएको आग्रह कुनै निकायले सुनुवाइ नगरेको बताए ।
सरकारले यसअघि माइतीघरदेखि तिनकुनेसम्म सडक विस्तार गर्दा इन्टरनेट/केबल टेलिभिजनको तार काटिने भएकाले हटाउन सरोकारबालालाई सूचना गरेको थियो । त्यसैअनुसार सम्बन्धित कम्पनीले आफ्नो तारको व्यवस्थापन गरेका थिए ।
एयरपोर्ट क्षेत्रमा तार काट्दा भायोनेट, सुबिसु, वल्र्डलिंक, वेबसर्फरलगायत कम्पनीको इन्टरनेट अवरुद्ध भएको संघका अध्यक्ष बोहोराले बताए ।
No comments:
Post a Comment