सन्नीसँग काम गर्न ‘चार करोड’
November 27th, 2014
एजेन्सी । पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीको भाउ अहिले आकासिएको छ । बलिउड चलचित्र होस या छोटो पर्दा जताततै उनको डिमान्ड बढ्न थालेको हो ।
डिमान्ससँगै उनले आफ्नो भाउ पनि निकै बढाएकी हुन् । हालै रियालिटी सो ‘रोडिज’का लागि उनलाई अफर आएको थियो । तर, उनले आफ्नो सहभागिताका लागि अत्याधिक रकम डिमान्ड गरेको समाचारमा जनाइएको छ । उनको डिमान्ड देखेर रियालटी सोका प्रोडूसर पनि छक्क परे ।
कार्यक्रममा लागि निर्माताले उनलाई ७० लाख दिने विचार गरेका थिए । तर, उनले निर्माताको अफरमा चार करोडको डिमान्ड गरेकी थिइन् । उनको डिमान्डले निर्माता त्यसै फर्किएका छन् । सन्नीभन्दा अगाडि यही सीका लागि सोहा अली खान र गुल पनागसम्म पनि सम्पर्क गरिएको थियो । तर, उनको डिमान्ड पनि धेरै भएका कारण सन्नीलाई विकल्पको रूपमा छानिएको हो ।