काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सार्वजनिक गरेको छ । टेलिकमको नयाँ प्याकेज मंगलबारबाट लागू हुनेछ ।
टेलिकमले सार्वजनिक गरेको नयाँ प्याकेजलाई ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीनवटामा वर्गीकरण गरिएको छ ।
ब्रोञ्ज प्याक अनुसार एक महिनाका लागि दुईसय एमबी डाटा एकसय ३० रुपैयाँमा पाइने छ भने पाँचसय एमबी डाटा तीनसय रुपैयाँमा पाइने छ ।
यस्तै सिल्भर प्याक अनुसार एक जिबी डाटा पाँचसय रुपैयाँमा महिनाभरमा चलाउन सकिन्छ । यो योजना अनुसार तीन जिबी डाटा एकहजार दुईसय ९० रुपैयाँमा दुई महिना चलाउन सकिने टेलिकमले जनाएको छ ।
टेलिकमको गोल्ड प्याक अनुसार पाँच जिबी डाटा १८ सयमा तीन महिना चलाउन सकिन्छ भने १० जिबी डाटा २८ सयमा ६ महिना चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ ।
यो सुविधा लिनका लागि चाहेको भोल्यूम उल्लेख गरी १४१५ मा एसएमस पठाउनु पर्ने टेलिकमले जनाएको छ । प्रयोग गरेको डाटा भोल्यूम थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्ने टेलिकमले जनाएको छ । टेलिकमले २७ पैसा भन्दा कममा एक एमबी डाटा चलाउन सकिने जनाएको छ ।